Comments Add Comment

सत्यमोहनको स्वास्थ्य बुझ्न उपप्रधानमन्त्री अस्पतालमा

२७ मंसिर, काठमाडौं । उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले बल्खुस्थित बयोधा अस्पताल पुगेर संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

बिहान अस्पताल पुगेका सिंहले जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुका साथै उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषद्को निर्णयबारे अवगत गराएको छन् ।

निमोनियाको आशङ्कामा गत साता भर्ना भएका जोशीको स्वास्थ्य सुधारोन्मुख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment