Comments Add Comment

मधेसवादी दलले ओलीलाई भने-पहिचानसहितको संघीयता चाहिन्छ

madhasi-and-uml

२७ मंसिर, काठमाडौं । संविधानका विवदित विषयमा छलफल गर्न बसेको नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको छलफल विना निष्कर्ष टुङ्गएिको छ ।

ओली निवास बालकोटमा भएको छलफलमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपाका महन्थ ठाकुर, सद्भावनाका राजेन्द्र महतोसहितका नेताहरु सहभागी भएका थिए ।

बैठकमा एमाले नेताहरुले सात प्रदेशको प्रस्तावमा समर्थन गर्न आग्रह गरेका छन् । ‘हामीले यो प्रस्ताव किन राख्नुपर्‍यो प्रष्ट पार्दै छलफल गरौं भन्यौं’ एमाले प्रमुख सचेतक अग्नि खरेलले अनलाइनखबरसँग भने । बैठकमा एमाले अध्यक्ष ओलीले बढीमा सात प्रदेश बनाउनु पर्ने भन्दै बढाउने नभइ घटाउन सकिने बताएका छन् ।

तर, मधेसी मोर्चाका नेताहरुले सात प्रदेशको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । ‘हामीले पहिचानसहितको संघीयता चाहिन्छ भन्यौं’ सद्भावनाका अध्यक्ष महतोले अनलाइनखबरसँग भने-‘२०६४ साल फागुन १६ गते भएको सम्झौता र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार मान्नुपर्छ ।’

तपाईहरुले मधेसमा एक प्रदेश कि दुई भन्नु भयो त भन्ने प्रश्नमा उनले हाँस्दै चने-‘झापा, मोरङ, सुनसरी र चितवनलाई पनि मधेस प्रदेशमा राख्नुपर्छ । सकेसम्म एउटै बनाउँछौं नभए दुई बटासम्म हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment