Comments Add Comment

नोबेल पुरस्कार बिजेता सत्यार्थी नेपाल आउँदै

२८ मंसिर, काठमाण्डौ । सन् २०१४ का नोवेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी यही साता नेपाल आउने भएका छन् ।

Kailash-Satyarthiबालअधिकारका लागि भारतमा ठूलो अभियान संचालन गरेका सत्यार्थी आगामी शुक्रबार काठमाण्डौं आउन लागेका हुन् ।

सभासद् डिल्लीबहादुर चौधरीले दिएको जानकारीअनुसार सत्यार्थीले संसदको महिला तथा बालबालिका समितिका सदस्यसँग अन्तरक्रिया गर्नेछन् ।

नेपाल बसाईका क्रममा उनले दाङ पुगेर बिभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ । सत्यार्थीले बाल अधिकारका क्षेत्रमा काम गरेका मानवअधिकारबादी संस्थाका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

सत्यार्थीले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला लगायतका उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ ।

भारतका सत्यार्थी र पाकिस्तानकी युसुफ मलालालाई संयुक्तरुपमा यो बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सत्यार्थीको नेपाल नाता

बाल बचाउ आन्दोलन नामक संस्थामार्फत् भारतीय बालबालिकाको अधिकारका लागि लडिरहेको सत्यार्थी नेपाली बालअधिकार आन्दोलनका समेत साझेदार हुन् । उनले बिभिन्न नेपाली संस्थाहरुसँग मिलेर भारतमा बेचिएका बालबालिको उद्दारमा ठूलो सहयोग गरिरहेका छन् ।

‘मैले पाएको पुरस्कार नेपाल र भारतले संयुक्तरुपमा पाएको हो ‘ नोबेल पुरस्कार जितसँगै उनले एक अन्तरवार्तामा भनेका थिए- मैले नेपाललाई दोस्रो कर्मस्थल बनाउँदै आएको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment