+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

टाटा मोटर्सले नेपाली बजारमा ल्यायो इजेटा कार

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २९ गते २१:०९

TATA e-XETA 2

टाटा मोटर्सले भारतीय बजारमा लोकपि्यता कमाएको नयाँ इजेटा (e-XETA ) कारलाई नेपाली बजारमा ल्याएको छ ।

टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले सोमबार एक कार्यक्रमबीच काठमाण्डौमा e-XETA सार्वजनिक गरेको हो ।

यो नयाँ गाडी स्टाइलिस हुनुका साथै आरामदायी रहेको र विभिन्न नयाँ फिचर्सले सुसज्जित रहेको सिप्रदीले जनाएको छ ।

नयाँ गाडीमा कि लेस इन्ट्री फिचर्स हुनुका साथै नयाँ यसको अत्याधुनिक इन्जिनले उल्लेखनीय रुपमा इन्धन बचत गर्ने र बढि माइलेज दिने छ ।

यो कारमा नयाँ पुस्ताको उच्च क्षमतायुक्त १.२ लिटर एमपिएफआइ इन्जिन रहेको छ । कारमा सीडी, एमपिथ्री, युएसबी तथा ब्लुटुथ समेत रहेको म्युजिक सिस्टमका साथै नयाँ हिटिङ, भेन्टिलेसन र एयर कण्डिसनिङ सिस्टम लगायतका अत्याधुनिक सुबिधा छन् ।

exeta-Nepal-1

२ वर्ष वा ७५ हजार किलोमिटर वारेन्टी दिइएको यो कारको मूल्य नेपाली बजारमा १७ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपाली बजारमा प्रस्तुत गरिएको नयाँ गाडीले नेपाली यात्रुवाहक गाडीको बजारमा टाटा मोटर्सको स्थानलाई थप मजबुत बनाउनुका साथै उपभोक्तालाई थप खुसी प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।

टाटा मोटर्स प्यासेन्जर कार सेगमेन्टमा नेपालको तेस्रो ठूलो बिक्रेता हो । देशभर १८ वटा बिक्रिकेन्द्र र २१ वटा सर्भिस सेन्टरसहित टाटाले नेपालमा आफ्नो उपस्थीतिलाई देशब्यापी बनाएको छ ।

बस, ट्रक लगायतका ब्यबसायिका गाडीको बजारमा पहिलो स्थानमा रहेको टाटाले पछिल्लो समय प्यासेन्जर कार सेगमेन्टसमेत हिस्सा तिब्ररुपमा बढाइरहेको छ ।

exeta-Nepal-2 (1) copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?