७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंक ब्यबस्थापनबाट अलग भएपछि नेपाल बैंक लिमिटेडमा नयाँ संचालक समिति चुयन भएको छ ।
मंसिर २८ गते सम्पन्न बिशेष साधारणसभापश्चात चुनिएको नयाँ संचालक समितिले सोमबार पद बहाली गर्यो ।
अर्थ मन्त्रालयका सह-सचिव मधुसुदन पोखरेलको अध्यक्षतामा गठित नयाँ सञ्चालक समितिमा तीन जना नेपाल सरकारबाट मनोनित छन् भने दुई जना सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित भएका हुन ।
पोखरेल बाहेक नेपाल सकारकार तर्फबाट जनार्दन शर्मा आचार्य र डा. डम्वरबहादुर भण्डारी सञ्चालक समिति सदस्य चयन भएका छन् ।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निश्चल प्रधान र सुरेन्द्रबहादुर सिंह सञ्चालक समिति सदस्य चयन भएका छन् ।
नेपाल राष्ट्र बैंक धरासायी हुने अबस्था सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गतेदेखि ब्यबस्थापन आफ्नो जिम्मामा लिएर सुधारका कदम अगाडी बढाएको थियो । हालै राष्ट्र बैंकले ब्यबस्थापन सेयरधनीलाई जिम्मा लगाएपछि नयाँ संचालक समिति चुनिएको हो ।