Comments Add Comment

बालुवाटारबाट फेरि फर्किए प्रचण्ड

८ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीले प्रमुख तीन दलको मात्र बैठक बस्न अस्वीकार गरेको छ ।

prachandaकांग्रेस एमालेले संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्न भन्दै विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी नेताहरुलाई बोलाएका थिए ।

एक्लै बालुवाटार पुगेका प्रचण्डले तीन दल मात्र बसेर छलफल गर्नुको औचित्य नभएको भन्दै फर्किए । ‘चार दलकै बैठक बस्नुपर्छ भनेर प्रधानमन्त्रीसँग सल्लाह गरेर अध्यक्ष फर्किनु भएको हो,’ प्रचण्डका स्वकीय  सचिव चुडामणि खड्काले अनलाइनखबरसँग भने, ‘चार बजे चार दलको बैठक राखिएको छ ।’

यसअघि शनिबारको बैठक पनि बहिस्कार गर्दै प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । त्यसलगत्तै प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सार्बजनिक रुपमै ‘वाकयुद्ध’ चलिरहेको छ ।

माओवादी नेताहरु छलफलमा नबसेपछि कांग्रेस-एमालेले भने प्रचण्ड नेतृत्वको मोर्चा संविधान निर्माणको विपक्षमा रहेको निष्कर्ष निकालेका छन् ।

दुई दलका शीर्ष नेताहरुको बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।

संविधान जारी गर्ने समय आउन एक महिना मात्रै बाँकी रहेकोबेला एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलन घोषणा गरेर सहमतिको वातावरण बिगारेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।

दुई दलका शीर्ष नेताहरुको बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ । वार्ता र संविधान लेखन प्रक्रिया सँगसँगै अघि बढाउने बैठकले निर्णय गरेको उपसभापति पौडेलले जानकारी दिए ।

यसका लागि प्रक्रिया अघि बढाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment