Comments Add Comment

स्वच्छ हावा खोज्दै नगरकोट जानु खतरनाक

८ पुस, काठमाडौं । काठमाडौंको धुवाँ धूलोबाट मुक्ति पाउन सप्ताहन्तमा नगरकोट वा धुलिखेलतिर जाने योजना बनाउदै हुनुहुन्छ भने पख्नुस् । तपाईको नगरकोट वा धुलिखेलयात्रा तावाबाट उम्केर भुंग्रोमा पसे जस्तै हुदैछ ।

nagarkotकाठमाडौं खाल्डोमा जम्मा हुने सबै वायु प्रदुषण नगरकोटमा पुगेर ठोक्किने गरेको अध्ययनहरुबाट पुष्टि भएको छ । त्यसको असर धुलिखेलसम्म परिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र अध्ययन संस्थानले गरेका बिभिन्न अध्ययनहरुले नगरकोट वायु प्रदुषणका हिसाबले सबैभन्दा खतरनाक रहेको देखाएको छ ।

‘काठमाडौं उपत्यका कचौरा जस्तो छ, यो कचौरामा रातभरी जम्मा भएको प्रदुषण दिउसो घाम लाग्दै जाँदा उडेर नगरकोट, धुलिखेल हुँदै उत्तरतिर बग्छ,’ अध्येता प्राध्यापक डा. रामप्रसाद रेग्मीले भने, ‘काठमाडौं कचौरा माथिका डाँडाहरु झन् बढि प्रदुषित छन् ।’

सभासद गगन थापा सहित सरोकारवाला निकाय आबद्ध व्यक्तिहरुमाझ अध्ययनको निष्कर्ष सुनाउदै प्राध्यापक रेग्मीले काठमाडौंको प्रदुषण चोभार र थानकोटतिरबाट प्रवेश गर्ने गरेको बताए ।

अध्ययनहरुले के पनि पुष्टि गरेका छन् भने-काठमाडौं उपत्यकारुपी कचौरामा राती ८ बजेदेखि विहान ९ बजेसम्म प्रदुषण जमेर बस्छ । दिउँसो १२ बजेपछि नगरकोटतिर जान्छ ।

‘काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा बुढानिलकण्ठ कम प्रदुषित ठाउँ हो, तपाई ढुक्कैले मर्निङ वाक गर्न सक्नुहुन्छ,’ त्यस क्षेत्रका सभासद गगन थापालाई प्राध्यापक रेग्मीले भने ।

२० वर्षअघि आफूलाई पढाउने गुरुको प्रदुषण प्रवचन सुनेर संसदको कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेका थापा स्तब्ध देखिन्थे ।

बिभिन्न अध्ययनहरुले नगरकोट वायु प्रदुषणका हिसाबले सबैभन्दा खतरनाक रहेको देखाएको छ । तुलनात्मक रुपले बुढानिलकण्ठ स्वच्छ मानिएको छ

‘त्यसो भए काठमाडौं उपत्यकाको प्रदूषणको मूल स्रोत चाहिँ के हो त ? सभासदको थापाको यो प्रश्नको जवाफ खोज्न अब दातृ संस्था र अध्येताहरुबीच पुनः छलफल हुने भएको छ ।

केही साताअघि इसिमोड र नेपाल सरकार मिलेर गरेको अध्ययनले काठमाडौं उपत्यकामा मर्निङवाक गर्नु वायु प्रदुषणका हिसाबले खतरनाक रहेको देखाएको थियो ।

सो अध्ययनका लागि करीव आधा अर्ब रुपैयाँ खर्च भएको थियो । प्राध्यापक रेग्मीका अनुसार यस्तो रिपोर्ट उनको बिभागका विद्यार्थीहरुले यसअघि नै दिइसकेका थिए ।

‘हाम्रा बच्चाहरु -वातावरण विज्ञानका विद्यार्थीहरु)लाई आधा अर्ब होइन आधा करोड दिनुस्, गाडी भाडा र भात खुवाएर काम गराउँछु,’ रेग्मीले भने, ‘वायु प्रदुषणको मूल स्रोत के हो हामी सबै बाहिर ल्याइदिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment