Comments Add Comment

पूर्वराजाले पारसका साथीलाई भने मिडियासँग कुरा नगर्नुस

Paras-shah
९ पुस, काठमाडौं । पूर्वयुवराज पारस बितेको डेढ महिनादेखि थाई जेलमा रहेको कुरा छिटफुट बाहिर आए पनि उनी के कारणले पुनः पक्राउ परे भन्ने नयाँ कुराको रहस्योघाटन भएको छ ।

आफ्नी प्रेमिकासँगै बस्दै आएका पारसलाई थाइल्यान्डमा विभिन्न पेसा र व्यवसायमा संलग्न रहेका नेपालीले सहयोग गर्दै आएको भए पनि पछिल्लोपटक उनको जेल बसाइलाई भने गोप्य राख्ने प्रयास गरिएको थियो ।

लागूऔषध सेवन र ओसारपसारमा संलग्न रहेको भन्दै थाई प्रहरीले पक्राउ गरेपछि उनी घरपरिवारबाटसमेत तिरस्कृत भएका थिए ।

पूर्वयुवराज पारसका बारेमा विभिन्न किसिमका समाचार बाहिर आउन थालेपछि उनलाई सहयोग गर्दै आएका नेपालीलाई पूर्वराजा ज्ञानेन्द्र र अन्य परिवारले कुनै पनि कुरा मिडियासँग नगर्न आग्रह गरेपछि पारसको जेल बसाइका बारेमा समाचार बाहिर नआएको बैंककस्थित उनका सहयोगीले जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ ।

पछिल्लो पटक लागूऔषधसहित पक्राउ परेका पारस छुटाउन बहिनी शीताष्मा च्याङमाई पुगेकी थिइन् । शीताष्मा पारसलाई जेलमुक्त गराउन गरेको प्रयास असफल भएपछि उनी नेपाल फर्किएकी थिइन् ।

विभिन्न आपराधिक क्रिायकलापमा संलग्न हुँदै आएका पारसलाई एक थाई वकिलले लामो समयदेखि सहयोग गदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment