Comments Add Comment

आसाममा आतंकवादी हमला, ५२ को मृत्यु

९ पुस, एजेन्सी । भारतको आसामस्थित सोनितपुर र कोकराझार जिल्लामा चरमपन्थी हमलामा ५२ जनाको मृत्यु भएको छ । आसाम प्रहरीका आइजी एसएन सिंहका अनुसार मारिनेमा अधिकांश बालबालिका र महिला छन् ।

140725025623_indian_muslim_assam_304x171_afp_nocreditप्रहरीले घटनामा प्रतिबन्धित संगठन एनडीएफबीको हात रहेको दाबी गरेको छ । गत सोमवार प्रहरी कार्वाहीमा एनडीएफबीका नेता मारिएपछि बदलास्वरुप सो घटना भएको हुनसक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

एनडीएफबीले आसाममा छुट्टै राज्य माग गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हत्यालाई कायरताको संज्ञा दिएका छन् । उनले घटनाको अनुसन्धान गर्न गृहमन्त्री राजनाथ सिंहलाई निर्देशन समेत दिएका छन् ।

‘सोनितपुर र कोकराझारमा निर्दोषहरुलाई मार्नु कायरता हो । मृत्यु भएकाको परिवारमा सान्त्वना प्रकट गर्दछौं,’ मोदीले ट्वीटरमा लेखेका छन् ।

तस्वीर : एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment