Comments Add Comment

आसाममा बम विष्फोट : ३ नेपाली घाइते

९ पुस, नयाँदिल्ली । भारतको आसामस्थित कोकराझार जिल्लामा शक्तिशाली बम विष्फोटन हुँदा दुई महिलासहित तीनजना नेपाली गम्भीर घाइते भएका छन् ।

घाइते भएका तीनैजना मोरङ जिल्लाका रहेको आसाम प्रहरीले जनाएको छ । ३५ वर्षीय मनबहादुर राई, ३० वर्षीया पूणिर्मा राई र ३३ वर्षीया छत्रमाया राई घाइते भएका हुन् ।

सरलपाडास्थित सडक छेउँमा रहेको होटलमा खाना खाइरहेकोबेला उनीहरुमाथि ग्रीनेड आक्रमण भएको प्रहरीको भनाई छ । उनीहरुलाई उपचारका लागि कोकराझार अस्पतालमा भर्ना गरिएको छ । तीनै जनाको अवस्था चिन्ताजनक छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले ग्रीनेड प्रहार गरेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार घटनाका विषयमा अनुसन्धान शुरु गरिएको छ । रोजगारीका लागि आसाम पुगेका नेपाली नागरिक विष्फोटनमा परेका हुन् । घटनामा विद्रोही समूह एनडीएफबी एसको संलग्नता रहेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment