Comments Add Comment

प्रचण्ड भन्छन्- १० प्रदेशको अडान कायमै छ

pracahnad 2

१० पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले १० प्रदेशको अडान नछाडेको बताएका छन् ।

शीर्षनेताहरुको छलफलमा एमाओवादीको शीर्ष नेतृत्वले बहुपहिचान खुल्ने नाम राख्ने शर्तसहित ६ प्रदेशलाई पनि मान्न सकिने बताएको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि एमाओवादी अध्यक्ष प्रचण्डले यसमा आपत्ति जनाएका छन् ।

‘हामीले १० प्रदेशको अडान छाडेका छैनौं, ६ प्रदेशमा सहमति जनाएको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने-‘यो पार्टी नेतृत्वलाई जाति, जनजाति र वर्गबाट कटाउनका लागि गरिएको दुस्प्रचार हो । एमाओवादीलाई बदनाम गर्न गरिएको प्रचार हो ।’

प्रचण्ड जातीय चक्रब्युहमा

एमाओवादी अध्यक्ष प्रचण्डले १० प्रदेशको अडान नछाडेको बताए पनि विगतको राज्य पुनसंरचना समितिले प्रस्ताव गरेको १० प्रदेशबाट कम प्रदेशमा आउन सकिने एमाओवादी नेताहरुले यसअघि नै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

प्रचण्डले विहीबार १० प्रदेशको अडान कायमै रहेको बताए पनि केही दिनअघि नयाँ पत्रिकालाई दिएको अन्तरवार्तामा ‘नौमा आउन हामी तयार छौं’ भनेका थिए ।

कांग्रेस नेताको दाबीअनुसार आन्तरिक छलफलमा माओवादी नेताहरुले नाममा पहिचानलाई समेट्न तयार भए आफूहरु प्रदेशको संख्यामा तल र्झन तयार रहेको बताउँदै आएका छन् । तर, आफ्नो मोर्चामा रहेका जनजाति र मधेसी नेताहरु चिढिने डरले प्रचण्ड आत्तिएको कांग्रेस नेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment