Comments Add Comment

मधेसमा दुई प्रदेश उपयुक्त : राजकिशोर

१० पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसवादी दलहरुले एक मधेस एकप्रदेशको अडान पुर्नविचार गर्नुपर्ने बताएका छन् ।

rajkishowr yadavभौगोलिक, राजनीतिक, भाषिक र सांस्कृतिक रुपमा मधेसमा दुई प्रदेशसम्म उचित हुने उनले बताए ।

मधेशी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भने-‘राज्य पुनःसरचना आयोग र समितिले पनि मधेुमा दुई प्रदेश हुनुपर्ने भनि प्रतिवेदन बुझाएको कारण मधेशमा दुई प्रदेश नै ठिक हुने जस्तो लाग्यो ।’

यद्यपी यसबारे मधेसवादी दलहरुको मोर्चा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा छलफल हुनुपर्ने बताए ।

फोरम गणतान्त्रिकका अध्यक्ष यादवले एमाओवादी र मधेसवादी दललाई वाइपास गरेर सविधान बन्न नसक्ने बताए । दुई तिहाईको धाम्की दिएर जसरी पनि संविधान बनाउने कुरा मधेसी जनताले स्वीकार नगर्ने भन्दै उनले माघ ८ मा संवधान घोषणा गर्न चुनौति दिए ।

उनले कांगेस र एमालेले सविधान बनाउन नचाहेको आरोप लगाए । फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भने-‘जनतालाई उनीहरुले माओवादी र मधेशवादी दलको कारण तोकिएको समयमा सविधान निर्माण नभएको जवर्जस्ती बुझाउने प्रयास गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment