Comments Add Comment

विप्लव माओवादीले राजनीतिक बेइमानी गर्‍यो : जयपुरी

१० पुस, काठमाडौं । माओवादी नेतृ जयपुरी घर्तीले नेत्रविक्रम चन्द विप्लवले शुक्रबार खुलामञ्चमा गर्ने कार्यक्रममा आफू सहभागी नहुने बताएकी छन् ।

jayapuriबैद्य माओवादीबाट छुटि्टएपछि विप्लवले शक्ति प्रदर्शनका लागि शुक्रबार खुलामञ्चमा सभा गर्दैछन् । सभाअघि निस्कने जुलुसमा घर्तीले पुल्चोकबाट नेतृत्व गर्ने भन्दै माओवादीले जनाएको थियो ।

तर, घर्तीले भने आफू अहिले कुनै माओवादीमा नभएको भन्दै त्यसको खण्डन गरेकी छन् ।

‘पुल्चोकबाट जुलुसको नेतृत्व गरेर जयपुरी जाँदैछ भनेर भ्रामक प्रचार गरिएको छ । म त्यसको खण्डन गर्छु’ घर्तीले अनलाइनखबरसँग भनिन्-‘यो राजनीतिक बेइमानी हो ।’

उनले यसलाई तत्काल सच्याउन समेत विप्लवलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment