Comments Add Comment

पत्नी हत्या गर्ने सशस्त्रका डीआईजी कोइराला वर्खास्त

प्रहरीले नियन्त्रणमा लिएपछि कोइराला : फाइल फोटो
प्रहरीले नियन्त्रणमा लिएपछि कोइराला : फाइल फोटो

११ पुस, काठमाडौं । सरकारले सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालालाई भविश्यमा सरकारी सेवामा अयोग्य हुने गरी वर्खास्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई बर्खास्त गर्ने निर्णय गरेको हो । पत्नी हत्यामा संलग्न उनी हाल जेलमा छन् ।

नेसनल डिफेन्स कोर्सका लागि तीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा आएर २०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

महाराजगञ्जमा हत्या गरेर उनले गीताको शव मकवानपुरको पालुङमा लगेर आगो लगाए । गीताको शव केही जलेपछि फालेर काठमाडौं र्फकँदै गर्दा उनी २०६८ माघ २८ गते थानकोटबाट पक्राउ परेका थिए ।

पक्राउ परेलगतै उनी निलम्बनमा परेका थिए । गत वैशाखमा अदालतले उनलाई पत्नी हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । उनी अहिले डिल्लीबजार कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment