Comments Add Comment

सहिद-वेपत्ता परिवारको समस्या समाधान गर्न पहल गर्छु : डा. भट्टराई

११ पुस, गोरखा । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले सहिद, वेपत्ता तथा घाइते परिवारका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Baburam-with-Caders

  • धार्केमा कार्यकर्ताहरू माझ डा. भट्टरार्इ । तस्वीर : भट्टरार्इको सचिवालय

धादिङको धार्केमा शुक्रबार स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटमा भट्टराईले समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

हरेक महिनाको एकपटक गृहजिल्ला जाने कार्यक्रम अनुसार विहीबार गोर्खा गएका भट्टराईले शुक्रबार काठमाडौं फर्किने क्रममा धादिङका सहिद, वेपत्ता र घाइते परिवारसँग भेटघाट गरेका थिए ।

घ्याल्चोकबाट डेढ घण्टा हिँडेर चरौंदी

उनले विहीबार र शुक्रबार गोरखा घ्याल्चोकका कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए । घ्याल्चोकबाट डेढ घण्टा पैदल हिँडेर भट्टराई धादिङको चरौंदीमा आयोजित सामुहिक कृषि उत्पादन सहकारी संस्थाको बार्षिक साधारणसभामा सहभागी भएका थिए ।

साधारणसभालाई सम्वोधन गर्दै उनले नेपालमा पश्चिमा कृषि प्रणाली लागू गरेर गरीब किसानका समस्या समाधान नहुने बताउनुभयो ।

उनले परम्परागत कृषि प्रणाली र निर्वाहमुखी कृषि उत्पादनलाई आधुनिक र व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment