Comments Add Comment

खुमबहादुरले भने- मनमोहन अधिकारीको श्राप मलाई लाग्यो

१२ पुस, काठमाडौं । लामोसमयसम्म छायामा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले चर्चामा छन् । भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मुलधारभन्दा अलि फरक हिन्दू राज्यको अभियन्ताका रुपमा सक्रिय छन् ।khum_bahadur

पटक-पटक मन्त्री बनेका र देशको शक्तिशाली गृहमन्त्री बनेका खड्कामाथि ०५४ सालमा एमाले विभाजनको आरोप पनि छ । जसलाई उनी १७ वर्षपछि हाकाहाकी स्वीकार गर्दैछन् । ‘हो, एमाले मैले फुटाएको हुँ । नफुटाएको भए कांग्रेस अहिलेसम्म सकिइसक्यो,’ उनले खुलस्त भनेको नयाँ पत्रिकामा खबर छ ।

‘देशमा कम्युनिष्ट बलिया हुँदै थिए । एमालेलाई फुटाएर मात्रै कांग्रेस अगाडि जान सक्थ्यो । मैले एमालेका विद्यार्थी नेतादेखि वामदेवजीसम्म कुरा गरेँ । अन्तिममा गिरिजाबाबुसित वामदेव, साहना र राधाकृष्णलगायतको छलफल गराए,’ खुमबहादुरले भने-‘गिरिजाबाबुले ‘सक्छौं भने फुटाउ’ भन्नुभयो । मैले ‘सकिन्छ, टिम चाहियो’ भने । ‘तिमीहरुले एकेजिबी (अर्जुननरसिंह, खुमबहादुर, गोविन्दराज, विजय गच्छदार) गु्रप छँदै छनि त्योभन्दा कस्तो टिम चाहियो,’ गिरिजाबाबुले बताएको खुमबहादुरले भने ।

पार्टी विभाजन गर्दा वामदेवजीहरुले मालेलाई सरकारमा ल्याउनुपर्ने र मिलेरै संसदीय चुनावमा जानुपर्ने सर्त राखेका थिए । गिरिजाबाबुले हुन्छ भन्नुभयो । तर, पछि वामदेवजीहरुलाई भने निक्कै ठूलो धोका भयो । एमाले फुटेपछि मनमोहन अधिकारीले आफूलाई गाली गरेको भन्दै खुमबहादुरले भने-‘मनमोहन अधिकारीले संसदको रोस्टमबाटै मलाई श्राप दिनुभयो । ‘खुमबहादुर तिमीले मेरो पार्टी फुटायौं, मेरो सेतै फुलेको दाह्रीको तिमीलाई पाप लाग्नेछ,’ उहाँले भन्नुभयो । साँचै मलाई पापै लाग्यो । नत्र अहिले मेरो यस्तो रोल हुन्न थियो होला । म यसरी कोठामा थन्किएर बस्ने हुन्थेँ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment