Comments Add Comment

संविधान माग्दै विद्यार्थीहरुले गरे सडकमै बहस

१३ पुस, काठमाडौं । संविधान छिटो जारी गर्न दवावमूलक कार्यक्रम गर्दै आएको संयुक्त विद्यार्थी संगठनले आइतबार ‘सडक बहस कार्यक्रम’ गरेको छ । आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सडक बहस कार्यक्रम गरिएको हो ।

student

कार्यक्रममा सहभागीहरुले नेताहरु संविधान निर्माणमा उदासिन देखिएकाले शसक्त जनदवावको खाँचो औंल्याए ।

नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले संविधान नआउने खतरा रहेकाले निरन्तर सडकबाट दबाब दिनुपर्नेमा जोड दिए ।

शान्ति र प्रजातन्त्रका लागि पेशागत सञ्जाल -पापड)का अध्यक्ष डा. अञ्जनीकुमार झाले नेताहरूले समयमा संविधान जारी गर्न आनाकानी गरिरहेको आरोप लगाउँदै नागरिकस्तरबाट सशक्त दबाब दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नागरिकलाई बलियो बनाउने संविधान छिटो ल्याउन माग गर्दै संविधान नबनुन्जेल सडक तताउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायत प्रमुख विद्यार्थी संगठनका नेताहरुले सबैपक्षलाई समेट्ने नयाँ संविधान ल्याउन माग गर्दै नयाँ संविधान नपाएसम्म सडक नछाड्ने घोषणा गरे ।

सो अवसरमा कलाकार शिशिर योगी, बद्री पंगेनी र श्रीकृष्ण सिम्खडाले आ-आफ्नो प्रस्तुतिमार्फत छिटो संविधान ल्याउन दलहरूको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment