Comments Add Comment

विप्लवले छाडेपछि वैद्य माओवादीमा ६४ केन्द्रीय सदस्य पद रिक्त

१४ पुस, काठमाडौं । नेकपा-माओवादीले तत्काल विशेष महाधिवेशन नगर्ने भएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले पार्टी फुटाएपछि भएको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष मोहन बैद्यले एक वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

Mohan baidhya kiranतर, कार्यकर्ताले समर्थन नगरेपछि बैद्यले आफ्नो प्रस्ताव फिर्ता लिएका छन् । अब नियमित प्रक्रियाअन्तरगत महाधिवेशन हुनेछ ।

भेलामा विप्लव समूह पार्टीबाट बाहिरिएपछि ६४ केन्द्रीय सदस्य पद रिक्त भएको जानकारी दिइएको छ । १५१ सदस्यीय केन्द्रीय समितिका ८७ जना मात्र भेलामा उपस्थित भएका छन् ।

यस्तै एमाओवादीबाट छुटि्टएर आउँदा रहेका ४३ पूर्ण केन्द्रीय सदस्य मध्ये २९ जना मात्रै वैद्य माओवादीको उपस्थित भएका छन् ।

खाली भएका पदमा नयाँ नियुक्तिको प्रस्ताव भेलामा वैद्यले गरेपछि कार्यकर्ताले विरोध गरेका छन् । उनीहरुले हाल कायम रहेकैलाई नै निरन्तरता दिन माग गरेका छन् ।

कार्यकर्ताको विरोधका बाबजुद हाल वैकल्पिक केन्द्रीय सदस्य रहेकालाई पूर्ण बनाउने र पदपूर्ति गर्ने निर्णय वैद्यले सुनाएका छन् । भेलाले रिक्त केन्द्रीय सदस्य पदपूर्ति गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ ।

राजधानीका जारी वैद्य माओवादीको राष्ट्रिय भेला सोमबार सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment