Comments Add Comment

एपीएफ फाल्गुनानन्द गोल्डकपको सेमिफाइनलमा

१८ पुस, पाँचथर । डिफेन्डिङ च्याम्पियन एपिएफ दमक पूर्वाञ्चलस्तरीय छैटौं फाल्गुनानन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा चर्च ब्वाइज काठमाडौँलाई १-० गोल अन्तरले एपिएप अघिल्लो चरणमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबारदेखि सेमिफाइलका खेल सुरु हुनेछन् ।

शनिबार हुने पहिलो सेमिफाइनलमा अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार दोस्रो सेमिफाइनलको खेलमा फयान्स क्लब भुटान र आजको विजयी टोली एपिएफ दमकले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment