Comments Add Comment

विश्वकर्मालाई हेम गङ्गा पुरस्कार प्रदान

काठमाडौं । कर्मसियल आर्टिष्ट सङ्घले यस वर्षको हेम गङ्गा पुरस्कार वरिष्ठ कलाकार ज्योतिप्रकाश विश्वकर्मालाइ प्रदान गरेको छ ।

सो सङ्घले अरनिको स्मृति दिवसका अवसरमा बुधबार कमलादीमा नगद १० हजार रुपैयाँ तथा सम्मान पत्रसहित पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले उहाँलाई पुरस्कार प्रदान गर्दै देशका विभिन्न भुगोलमा बसोबास गर्ने कलाकारका कलालाई अन्तर्राष्ट्रिय तहमा फैलाउन प्रतिष्ठान क्रियाशील रहेको बताए ।

कला समीक्षक मुकेश मल्लले नेपाली कलाका प्राचीन शैलीले गर्दा आज देशको नाम विश्वमा चर्चित भएको बताए ।

पुरस्कृत विश्वकर्माले राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा आज प्राप्त गरेको पुरस्कारले कार्य क्षेत्रमा अझ जिम्मेवार भई लाग्न प्रेरणा मिलेको बताए ।

संस्थाका अध्यक्ष आइबी मल्लले विश्वकर्माले नेपाली कलाको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment