Comments Add Comment

कैदी छुटाइदिन्छु भन्दै ठगी गर्ने भगौडा सिपाही पक्राउ

२५ पुस, काठमाडौं । केन्द्रीय कारागारमा रहेका कैदीलाई छुटाइदिन्छु भन्दै २० लाख बढी ठगी गरेको आरोपमा भगौडा सिपाही पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर बसाह ३ घर भई कलंकी बस्ने रामजी खड्का छन् । उनले जग्गा किर्ते मुद्धामा केन्द्रीय कारागारम कैद सजाय भोगिरहेका दोलखा घर भई कपन बस्ने जिता सुनुवारलाई छुटाइदिन्छु भनी २ लाख १० लिएका थिए ।

खड्काले आफू नेपाली सेनाको छाउनीमा कार्यरत रहेको र जेलबाट छुटाउन फाइल बनाउनु पर्ने र जग्गा राखेर छुटाउने भनेपछि जिताले मितदाइ चन्द्र बहादुर श्रेष्ठमार्फत गत १८ गते रकम दिएका थिए ।

महानगरीय अपराध महाशाखाले पक्राउ गरी छानविन गर्दा खड्का आर्मी नेपाली सेनाको बहाल नभई भगौडा सिपाही भएको खुलेको छ ।

उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, हनुमानढोका काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment