Comments Add Comment

सहकारीको ब्यवस्थापन चुनौतीपूर्णः मन्त्री आचार्य

caravan sahakari२६ पुस, काठमाडौं । कानूनमन्त्री नरहरी आचार्यले सहकारी क्षेत्रको ब्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् । राजधानीको बसुन्धरास्थित क्याराभान बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभाको उद्घाटन गर्दै कानूनमन्त्री आचार्यले सहकारीको संख्या दिनप्रतिदिन बढ्दै गएको कारण ब्यवस्थापनमा समस्या भएको बताए ।

‘केही खराब व्यक्तिहरुका कारण सहकारी क्षेत्रकै बदनाम भइरहेको छ,’ मन्त्री आचार्यले भने, ‘सहकारी क्षेत्रकै बदनाम हुने क्रियाकालाप तर्फ सवैजना सचेत हुनुपर्दछ ।’

पूर्व सभासद ऋषिबाबु परियारले सहकार्यविना कुनै काम सम्पन्न नहुने भएकाले सहकारीकर्मीहरुबीच सहकार्यको आवश्यकता औंल्याए । संस्थाको प्रगतिका लागि पनि सदस्यहरुबीच सुमधुर सम्बन्धको खाँचो रहने उनको भनाई थियो ।

कार्यक्रममा सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रकुमार दाहाल, आइएमई बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख अर्जुन शर्मा पौडेल, काठमाडौं वडा नं. ३ का पूर्व वडाध्यक्ष दीपक केसी लगायतले सहकारीको समस्या सहकारीकर्मीहरुको नियतले मात्रै समस्या हुने बताए ।

दुई करोड ९६ लाख ९९ हजार ८० रुपैयाँ निक्षेप

दुई सय ९८ जना सेयर सदस्य नौ सय ९५ जना बचतकर्ता रहेको सो सहकारीमा दुई करोड ९६ लाख ९९ हजार ८० रुपैयाँ निक्षेप संकलन रहेको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा ६४ लाख ५६ हजार रुपैंयाको सेेयर पुँजी रहेको संस्थाले जनाएको छ । चालु आर्थिक वर्षभित्रमा सो रकम क्रमशः ८० लाख र ४ करोड पुर्‍याउने लक्ष्य रहेको सो संस्थाले जनाएको छ ।

कार्यक्रममा सहकारीका सदस्यहरुका छोराछोरीमध्ये एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सुदीप पौडेल र समृद्धि घिमिरेलाई नगद पुरस्कारसहित क्याराभान शैक्षिक सम्मान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment