Comments Add Comment

घले दम्पत्तिलाई एनआरएनको बधाई

NRN२७ पुस, काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले अध्यक्ष शेष घले तथा घलेपत्नी जमुना गुरुङलाई एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेकोमा बधाई दिएको छ ।

घले दम्पत्तिको उक्त घोषणाले विश्वभर रहेका गैरआवासीय नेपालीको शीर उच्च बनाएको र गैरआवासीय नेपालीको भातृभूमीप्रतिको आस्था र सम्मानलाई अझ उजागर गरेको शनिवार सम्पन्न आईसीसी बैठकले ठहर गरेको छ ।

शिक्षा र स्वास्थ्य जस्ता प्राथमिक र आधारभूत सुबिधा सवै नेपालीको पहुँचमा पुग्न नसकेको अवस्थामा दुर्गम ग्रामीण बस्तीका विपन्न परिवारलाई सेवा पुर्‍याउने घले दम्पत्तिको अभियान ऐतिहासिक उपलब्धि भएको वैठकले ठहर गरेको गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता मन केसीले जानकारी दिए ।

घले दम्पत्तिको परोपकारी कार्यले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन र हौसला प्रदान गरेको एनआरएन आईसीसीको ठहर छ । अध्यक्ष शेष घले दम्पत्तिले गत बिहीबार आफूले आर्जन गरेको सम्पत्तिबाट एक अर्ब खर्चिने गरी एमआईटी ग्रुप फाउण्डेसन मार्फत एक अर्बको परोपकारी कोष स्थापनाको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment