Comments Add Comment

दिल्लीले आज चेन्नईविरुद्ध खेल्दै, सन्दीप पर्लान् टीममा ?

१२ चैत्र, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले मंगलबार डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् । चेन्नईले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई र दिल्लीले भने मुम्बई इन्यिन्सलाई पराजित गरेको थियो ।

पहिलो खेलमा टिममा नपरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आज महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईविरुद्ध खेल्न पाउलान् ? तर पहिलो खेलमा सन्दीप मात्रै हैन आईपीएलकै चर्चित स्पिनर अमित मिश्र पनि टीममा परेका थिएनन् । यी दुई प्रतिभाशाली खेलाडीविनै मुम्बईमाथि जित हात पारेको दिल्लीले आजको खेलमा कमै मात्रमा खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

त्यसो त, सन्दीप प्लेइङ सेटमा पर्नका लागि निकै मेहनत गर्नुपर्ने हुन्छ । एक खेलमा चार जना विदेशी खेलाडीले मात्रै खेल्न पाउने हुदा सन्दीपको प्रतिस्पर्धा विश्व चर्चित खेलाडीहरुसँग छ ।

न्युजिल्यान्डका कोलिन मुनरो, टे्रन्ट बोल्ट, दक्षिण अफ्रिकाका कोलिन इनग्राम, कागिसो रबडा, दक्षिण अफ्रिकाकै क्रिस मोरिस, वेष्ट इन्डिजका किमो पाउल र शेर्फन रुथरफोर्डसँग सन्दीप लामिछानेले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

आईपीएलको आधिकारिक वेवसाइटका अनुसार सम्भावित प्लेइङ सेट

दिल्लीः

पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), कोलिन इनग्राम, रिशव पन्त, किमो पाउल, अक्षर पटेल, राहुल टेवाटिया, ट्रेन्ट बोल्ट, कागिसो रबडा र इशान्त शर्मा

चेन्नईः

शेन वाटसन, अम्बती रयुडु, सुरेश रैना, महेन्द्रसिंह धोनी (कप्तान), केदार जाधव, डवायन ब्राभो, रविचन्द्र जडेजा, हरभर्जन सिंह, दीपक चाहर, शार्दुल ठाकुर र इम्रन ताहिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment