
११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् ।
चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।
सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए ।
प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गर्दै विप्लवलाई भनेका छन्, नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4