Comments Add Comment

कांग्रेस नेतृको आरोप : निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाए

१२ चैत, बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन । बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको उनको दाबी छ ।

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् । ‘एउटी बालिकाको बलात्कार र बिभत्स हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्ने यो सरकार नालायक र भ्रष्ट सरकार हो,’ नेतृ संग्रौलाले भनिन् ।

राष्ट्रिय सुरक्षा परिषदसम्बधी बिधेयकमार्फत सरकारले संविधान उल्लघंन गर्न खोजेको र प्रधानमन्त्रीले ठूला परियोजना संचालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसिएको उनको भनाइ थियो । ‘भ्रष्टाचारले प्रधानमन्त्री मन्त्रीहरु मोटाउँदै गए, जनता दुब्लाउँदै गएका छन्,’ नेता संग्रौलाले भनीन ।

राष्ट्रियताको सवालमा सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली एकै सिक्काका दुई पाटामा उभिएको उनको दाबी छ । उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर देशलाइ मूठभेड तीर धकेल्न खोजेको आरोप पनि लगाइन । ‘जनता शान्ति चाहान्छन । देशले द्वन्द्व थेग्न सक्दैन । सरकार र विप्लव नेतृत्वको नेकपा दुवैले यो सत्यलाई आत्मसाथ गर्नुपर्छ’ कांग्रेस नेतृ संग्रौलाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment