Comments Add Comment

होली वाइन पिएको भन्दै माधव नेपालविरुद्ध नारावाजी

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

नेता नेपाल कृष्णदास महाराजलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका थिए । तर, त्यही कार्यक्रममा नेपाल विरुद्ध कार्यक्रमस्थलमै नारावाजी भएको छ ।

दर्शकदीर्घका बसेका एकले होली वाइन पिएका माधव नेपाललाई प्रमुख अतिथि बनाएको आपत्ती मात्रै जनाएनन्, उनका विरुद्ध नारावाजी नै गरे। स्टेजमा बसिरहेका माधव नेपालले उक्त नारावाजी सजिलै सुने । होली वाइन खानेहरु भन्दै नारावाजी गरेपछि माधव नेपालको सुरक्षामा खटिएका प्रहरीहरुले उनलाई पक्रन खोजे ।

तर वरीपरी बसेका अन्य दर्शकहरुले ‘उसलाई नपक्रनुस्, हामीलाई पक्रनुस्’ भन्दै प्रहरीसँग प्रतिवाद गरे ।

नेपालको स्पष्टीकरण : एक थोपा मुखमा परेको छैन

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता नेपालले होली वाइनबारे प्रष्टिकरण दिएका छन् ।

आफू उपस्थित कार्यक्रममै सहभागीहरुले होली वाइनबारे प्रश्न उठाएपछि नेपालले आफ्नो मुखमा एक थोपा पनि रक्सी नपरेको दाबी गरे । उनले भने, ‘व्राम्हण परिवारमा जन्मिएको हुँ, त्यो अझैसम्म परिवारमा नचल्दैन, मैले कुनै रक्सी खाएको छैन ।’

आफ्नाबारे गलत प्रचार गरिएको उनले बताए । ‘कुनै गल्ती गरेको छैन, गल्ती गरेको भए पो डराउनु । न विराउनु न डराउनु’ नेता नेपालले भने, ‘कागले कान लग्यो भन्दैमा त्यसको पछिपछि लाग्दा भ्रम सिर्जना भयो, म अचम्मित भएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment