+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते २०:११

११ चैत, काठमाडाैं । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।

निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

यस्तै समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएको परिषद सदस्यसमेत रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?