Comments Add Comment

अख्तियारका अधिकृतले नै लिए २ लाख घुस

२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई अधिकृतले मुद्दा मिलाइदिन्छु भन्दै २ लाख घुस लिएको खुलेको छ ।

फाइल फोटो
फाइल फोटो

शाखा अधिकृत विनोद अमात्य र लेखा तोयानाथ शर्माले जिल्ला स्वाथ्य कार्यालय कुश्मा, पवर्तले औषधी लगायतका सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने उजरीको अनुसन्धानका क्रममा घुस लिएका थिए ।

स्थलगत अध्ययनका लागि पर्वत पुगेका अमात्य र शर्माले मुद्दा मिलाइदिन्छु भन्दै जिल्ला स्वाथ्य कार्यालय प्रमुख डा. नारायण ओझासँग घुस लिएका थिए ।

अख्तियारकै कर्मचारीले घुस लिएको उजुरी परेपछि छानविनका क्रममा रकम लिएको खुल्न आएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बताएका छन् ।

उनीहरु दुबैलाई निलम्बन गरी हिरासतमा राखिएको अख्तियारले जनाएको छ । ‘अयोगको भ्रष्टाचारविरुद्धको अभियानमा धब्बा लगाउने निकृष्ट/निन्दनीय कार्य गरेको हुँदा उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ’ कार्की ट्वीटरमा भनेका छन् ।

अख्तियारले आयोगका कर्मचारीले उजुरी मिलाइदिने वा कुनै बहानामा रकम मागे जानकारी गराउन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment