Comments Add Comment

फागुन-चैतमा जनमत संग्रह गरौं : कमल थापा

Kamal-Thapa

३० पुस, काठमाडौं । संविधानसभाको चौथो शक्ति राप्रपा नेपालले बहुमतीय प्रक्रियाबाट जारी हुने संविधान अस्वीकार हुने बताएको छ । उसले आगामी फागुन या चैतमा जनमत संग्रह गर्न माग गरेको छ ।

माघ ८ मा संविधान जारी गर्न नसक्नुमा चार दलका एक दर्जन नेता जिम्मेवार रहेको भन्दै राप्रपा नेपालले अब धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे जनमत संग्रह पर्नुपर्ने माग गरेको हो ।

सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने-‘संविधान र नियमावलीमा तीन विकल्प छन्, जसमा सहमतिको औचित्य सकियो । दुई तिहाइबाट निर्णय गर्ने अवस्था भएन, त्यसैले अब तेस्रो विकल्प जनमत संग्रहमा जानुपर्छ ।’

थापाले फागुन र चैतमा जनमत संग्रह गरेर वैशाख वा जेठमा संविधान जारी गर्नुपर्ने बताए ।

कांग्रेस-एमाले, माओवादी-मधेसवादी र राप्रपा नेपालले अघि सारेका तीन विकल्पलाई जनता माझ लैजानुपर्ने थापाले बताए ।  उनले भने-‘तीनवटै विकल्प जनतामा लैजानुपर्छ । जनताको फैसला हामी मान्छौं । तर, अर्को विकल्पबाट जबरजस्ती जारी गर्न खोजियो भने हामीलाई स्वीकार्य हुँदैन ।’

संविधानसभाले प्रक्रिया सुरु गर्‍यो भने सहभागी हुनुहुुन्न भन्ने प्रश्नमा थापाले ठोस जवाफ दिएनन् ।

प्रचण्डसँग बहस गर्न पाइन

राप्रपा नेपालका अध्यक्ष थापाले संविधानका अन्तरवस्तुमा संविधानसभामा पाँच मिनेट समेत छलफल नभएको बताए ।

‘संविधानसभामा प्रवेश गरेपछि लागेको थियो कि गणतन्त्रबारे प्रचण्डसँग बहस गरौंला’ उनले भने-‘तर, पाँच मिनेट बहस गर्ने मौका दिइएन । कहाँ गएर दुःख व्यक्त गर्ने मैले ?’

माघ ८ मा संविधान जारी गर्ने गरी आफ्ना एजेण्डामा पराजित हुन तयार हुँदा समेत छलफल गर्न नपाइएको उनले बताए ।

प्रधानमन्त्रीको नैतिक विषय हो

संविधानसभा र सम्वाद समिति नभई कथित शीर्षनेताहरु असफल भएको भन्दै थापाले असफलताका लागि नैतिक जिम्मेवारी लिएर उनीहरुले आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

सरकार फेर्नुपर्छ भन्नुभएको हो भन्ने प्रश्नमा उनले भने-‘त्यसमा प्रधानमन्त्री पनि पर्नुहुन्छ । तर, नैतिक जिम्मेवारी कुनरुपमा लिने भन्ने उहाँहरुको विषय भयो, हामीले केही भन्दैनौं ।’ ०४७ को संविधान आफूहरुको माग नभएको भन्दै थापाले संविधानसभाबाटै संविधान बन्नुपर्ने बताए ।

हस्ताक्षरको हल्ला गलत

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र एमाले युवा सभासदहरुले सुरु गरेको हस्ताक्षर अभियानमा आफ्नो दलका सभासहरुले हस्ताक्षर नगरेको समेत प्रष्ट पारेका छन् ।

अभियान देखाउनलाई मात्र भएको भन्दै उनले भने-‘मैले उहाँहरुलाई भनेँ कि संविधानसभामा म प्रक्रियाको प्रस्ताव राख्छु तपाईहरु उभिनसक्नुहुन्छ भन्दा कुनै जवाफ छैन ।’

कांग्रेस र एमालेका युवा सभासदहरुले भने कमल थापासहितका सभासदले हस्ताक्षर गरेको दाबी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment