Comments Add Comment

अनेरास्ववियु मोरङ ओली र खनाल पक्षमा विभाजित

३० पुस, विराटनगर । पार्टी गुटबन्दीका कारण एमालेको भातृ संगठन अनेरास्ववियु मोरङको विवाद उत्कर्षमा पुगेको छ । जिल्ला पार्टी नेतृत्वलाई थाहै नदिई नयाँ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएपछि विवाद चुलिएको हो ।

ओली पक्षधरले विशेष भेला बोलाएर गोकर्ण घिमिरेको अध्यक्षतामा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी बनाएको छ । त्यसलाई असन्तुष्ट पक्षले अस्वीकार गरेको छ ।

एमाले मोरङ अध्यक्ष महेश रेग्मीले घिमिरे नेतृत्वको कमिटी अवैधानिक भनेका छन् ।

एमाले मोरङले नयाँ कमिटीलाई अस्वीकार गरेपछि अखिलले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी रेग्मीले नै सम्मेलन गराउन पहल नगरेपछि नयाा कमिटी बनाउनु परेको जानकारी दिएको छ ।
‘व्यक्तिको इशारामा संगठन चल्दैन’

पत्रकार सम्मेलनमा अखिलकी महासचिव नविना लामाले पहिले बनाइएको कमिटीले सम्मेलन गर्न नसकेकोले नयाँ कमिटी बनाउनु परेको बताइन् । उनले अनेरास्ववियु मोरङ अध्यक्ष रेग्मीको ईशारामा अब नचल्ने बताइन् ।

उनले भनिन्, ‘पार्टी संगठन विधान अनुसार चल्छ, कुनै व्यक्ति विशेषको इशारामा होइन ।’

मंगलबार अखिलका केन्द्रीय अध्यक्ष किशोरविक्रम मल्लको उपस्थितिमिा नयाँ कमिटी बनेको हो । यसले फागुन मसान्तभित्र अखिल मोरङको २१ औं सम्मेलन गर्ने जनाएको छ ।

अनेरास्ववियु मोरङको जिल्ला अधिवेशनको मिति तीनपटक तोकिएर स्थगित भैसकेको छ । यसअघि प्रेमराज भारतीको संयोजकत्वमा सम्मेलन आयोजक समिति बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment