Comments Add Comment

ओली जति चिच्याए पनि मधेसको भूमि मधेसमै रहन्छ : महतो

३० पुस, जनकपुरधाम । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पचण्डले पहिचानसहितको संविधान नआएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

प्रहरी झडपमा मृत्यु भएका भनिएका राजाराम झाप्रति श्रद्वान्जली दिन पुगेका प्रचण्डले विगतमा भएको सहमति र अन्तरिम संविधानको मर्मअनुसार संविधान बनाउनु पर्ने बताए । कांग्रेस र एमालेले अहंकार प्रदर्शन गरेको र विगतका सहमति उल्टाउन खोजेको उनकेा आरोप थियो ।

spotlight-rajendra mahatoसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी ओली जति चिच्याएपनि मधेसको भूमि मधेसमै रहने बताए । उनले भने-‘मधेसको अपमानको मधेसी जनताले बदला लिनछन् ।’

३० दलले २८ गते आहृवान गरेको बन्दका क्रममा झाको मृत्यु भएको थियो । प्रहरीले संवेदनशील अंगमा प्रहार गरेकाले उनको मृत्यु भएको ३० दलले दाबी गरेका छन् भने प्रहरीले झडपमा नभएको बताएको छ ।

यद्यपि ३० दलले आन्दोलन गरेपछि झालाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिन सिफारिस गर्नेसहितको ६ बुँदे सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment