Comments Add Comment

बाराको अमरपटटी गाउँ परिषदमा झडप, एकको मृत्यु

३० पुस, बारा । बाराको अमरपटटी गाविस परिषदमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरपट्टी गाविस ५ का ३८ बर्षीय अबतारप्रसाद यादव छन् ।

झडपमा गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

परिषदमा कार्यक्रम र बजेट बाँडफाँटको विषयमा दुई पक्षबीच विवाद भएपछि झडप भएको थियो ।

झडपमा अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भैरहेको छ ।

झडपमा संलग्न ६ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा स्थानीय जितेन्द्र यादव, सन्तोष यादव, हरिनारायण यादव, मदन यादव र रामपुकार यादव लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment