Comments Add Comment

कक्षा ११ को नतिजा सार्वजनिक, ४७ प्रतिशत उत्तीर्ण

५ माघ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परिषदले सोमबार सार्वजनिक गरेको परीक्षाफल अनुसार नियमिततर्फ ४७.२६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

HSEBकक्षा ११ को वैशाख १ गतेदेखि १२ गतेसम्म भएको परीक्षामा सहभागी परीक्षार्थी २ लाख २५ हजार तीन सय ७३ जना परीक्षार्थी मध्ये एक लाख छ हजार पाँच सय १७ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

यो गत वर्षको भन्दा ७.५ प्रतिशत बढी हो । गत वर्ष ४० प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । नियमित तर्फ ७ जनाको परिक्षा स्थगित तथा ४३ जनाको परीक्षाफल रद्ध गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै, आंशिकतर्फ एक लाख ४१ हृजार पाँच सय ७० परीक्षार्थी मध्ये ४६ हजार ९ सय ३३ अर्थात ३३.१५ प्रतिशत उत्तीर्ण भएका छन् । २९ जनाको परीक्षा स्थगित गरिएको छ भने ४४ जनाको रद्ध भएको छ ।

नतिजा प्रकाशित गर्न ढिलाई गरिएको सन्दर्भमा भने उच्च माध्यामिक शिक्षा परिषदमा डेढ महिना भएको तालाबन्दीका कारण ढिलाई भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment