Comments Add Comment

अभिलेख प्रणाली व्यवस्थित बनाउन सरकारलाई निर्देशन

५ माघ, काठमाडौं । व्यवस्थापिका संसद अन्तरगतको कृषि तथा जलस्रोत समितिले संस्थागत अभिलेख प्रणाली व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार बसेको समिति बैठकले अभिलेख प्रणालीको  व्यवस्था गर्न र त्यसको कडाईका साथ पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकमा कृषि विकास उप समितिले पेश गरेको कृषि विकास रणनीति सम्वन्धीे सुझाव प्रतिवेदनमामाथि छलफल भएको थियो । छलफलमा बोलाइएका सरोकारवाला मन्त्रालयका अधिकारीहरुले नै रणनीतिबारे अनविज्ञता व्यक्त गरेका थिए । यसो हुनुमा मन्त्रालयमा संस्थागत अभिलेख प्रणालीको अभाव रहेको समितिको ठहर छ ।

बैठकपछि समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘महत्वपूर्ण विषयहरूमा हुने छलफलमा सरोकारवाला निकायवाट प्रतिनिधित्व गर्ने व्यक्तिले सो विषयमा भएको छलफल निर्णयको जानकारी दिने र तत् निकायमा अभिलेख राख्ने प्रणालीलाई व्यवस्थित नगर्ने हो भने त्यसले सो छलफल र निर्णयको प्रभावकारिता र कार्यान्वयनमा समेत गम्भीर असर गर्ने हुँदा सवै निकायमा संस्थागत अभिलेख प्रणाली हुनु अपरिहार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment