५ माघ, काठमाडौं । भारतीय जनता पार्टीले किरण बेदीलाई दिल्लीको मुख्यमन्त्री उम्मेदवार घोषणा गरेको छ ।
भाजपाको बैठकपछि पार्टी अध्यक्ष अमित शाहले बेदीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेका हुन् । बेदी केही दिनअघि मात्र भाजपा प्रवेश गरेकी थिइन् ।
दिल्ली विधानसभा चुनावमा भाजपा र आम आदमी पार्टीबीच कडा प्रतिस्पर्धा हुनेछ ।
एक समय सामाजिक अभियान्ता किरण बेदी र आम आदमीका संयोजक अरविन्द केजरीवाल लोकपाल बिलका लागि अन्ना हजारेको नेतृत्वमा भएको आन्दोलनमा थिए ।
तर, आम आदमी पार्टी गठन गरेर दिल्ली विधानसभामा चुनाव लाडेको उनी दिल्लीको मुख्यमन्त्री पनि बने । तर, गठवन्धन सरकार लामो समय चलेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4