Comments Add Comment

कैलालीमा बन्दको विरोध

दीपक उपाध्याय

६ माघ, कैलाली । कैलालीमा सर्वसाधारणले बन्दको प्रतिकार गरेका छन् । सर्वसाधारण सडकमा उत्रिएर एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा-माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दको प्रतिकार गरेका हुन् ।

Bandko-birodh-(1)सर्वसाधारण अखण्ड सुदूरपश्चिम एकता समाजको अगुवाईमा बन्दको विरोधमा उत्रिएका हुन् । धनगढीको चटकपुरबाट सुरु भएको विरोध र्‍याली क्याम्पस रोडमा पुगेको छ । उनीहरुले व्यवशायीहरुलाई पसल खोल्न आग्रह गरेका छन् । उनीहरुले व्यापारी-व्यापारी एक हाैं अखण्ड सुदूरपश्चिम टुक्राउन पाईदै लगायतका नारा लगाएका छन् ।

माघ ८ नजिकिदै गर्दा धनगढीको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बजारमा सबैजसो चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । अघिल्लो संविधान सभामा सुदूरपश्चिम अखण्ड रहने वा कैलाली र कञ्चनपुर अलग गर्ने भन्ने बारेमा विवाद हुँदा ३२ दिने आन्दोलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment