Comments Add Comment

संविधानसभा कब्जा गर्ने अभियानमा छौं : महरा

६ माघ, काठमाडौ । एकीकृत नेकपा माओवादीका महासचिव तथा संयुक्त आन्दोलन कार्यदलका संयोजक कृष्णबहादुर महराले आफूहरु संविधानसभा कब्जा गर्ने अभियानमा रहेको बताएका छन् ।

krishna bahadur maharaबिजुली बजारका बन्दकर्ताहरुलाई सम्बोधन गर्दै महराले संविधानसभा कब्जा गर्ने अभियान हिजैदेखि सुरु भएको बताए ।

‘तपाईंहरुलाई अहिले नै संविधानसभा कब्जा गर्न जान मन लागेको छ,’ दिनभर बिजुली बजारस्थित सडकमा प्रदर्शनमा उत्रिएका बन्दकर्ताहरुलाई उत्तेजित पार्दै महराले भने, ‘तर हामी आफै संविधानसभा कब्जा गर्नेछौं ।’

आफूहरु एक सय ४८ जनाले मात्रै पनि संविधानसभा कब्जा गर्न सक्छौं, महराले भने, ‘तर कार्यकर्ताहरुको साथ दिएमा नजिकै रहेको सिंहदरबार पनि कब्जा गर्छौं ।’

एमाओवादी महासचिव महराले संविधानसभामा पनि आफूको लडाई जारी रहेको उल्लेख गर्दै प्रचण्डसहितका नेताहरु संविधानसभाबाट आफूहरुको माझमा आउदै गरेको भनी कार्यकर्ताहरुलाई हौसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment