Comments Add Comment

सिटिसी मलमा सिटिभी मोबाइलको मल्टिब्राण्ड सोरुम

Mobile७ माघ काठमाडौं । ब्राण्डेड मोबाइल बिक्रीमा ख्याती कमाएको सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वल्र्ड भिजनको नाममा एक्सक्लुसिभ मल्टिब्राण्ड सोरुम खोल्ने भएको छ ।

शोरुमबाट यही माघ ११ गते देखि औपचारिक कारोबार सुरु गरिने कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । कारोबार सुरु गरेको अवसरमा बिभिन्न कम्पनीका मोबाइल सेट बिशेष छुटमा बिक्री गरिने योजना रहेको उनले बताए ।

नेपालमा उपलब्ध २ दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा मोबाइल कम्पनीका मोबाइल अलग अलग टेबलबाट बिक्री गरिने ब्यबस्था मिलाइएको ग्लाइडरले बताए । योसोरुम मोबाइलको खुऽा बजारमा संभबत सबैभन्दा अत्याधुनिक र ठूलो भएको उनको दाबी छ ।

औपचारिक कारोबारको दिनबाट नै मोबाइल एक्सचेन्ज गरि मोबाइलमा अपग्रेड गर्ने मोबाइल पारखीको लागि नयाँ योजना ल्याउने कम्पनीका अध्यक्ष संगम राइले बताए । यो मल्टिब्राण्ड सोरुममा आइफोन, सामसुङ, कार्बन, कलर्स, पानासोनिक, बिक्यू, माइक्रोम्याक्स, हुवावे, जियोनी, अल्काटेल, एलजी, जोलो, लाभा, सोनी, माइक्रोसˆट, नोकिया लगायत दुइ दर्जन बढी ब्राण्डका मोबाइलहरु उपलब्ध हुने बताएको छ ।

मोबाइलका अलाबा यो मल्टिब्राण्ड सोरुममा बिभिन्न कम्पनीका क्यामेरा, ल्यापटप, सिसिटिभी, साउण्ड सिस्टम, राउटर, आइप्याड लगायतका विद्युतिय सामग्रीहरुको पनि उपलब्ध हुने राइले बताए ।

जेन्युअन एशेसरिजकोसमेत उपलब्ध गराउँदै आएको सिटिभीले यस सोरुमबाट केयर सुबिधा, वाइफाइ पि|m लगायतको सुबिधा दिने कम्पनीले जनाएको छ ।

मोबाइल बजारको क्षेत्रमा ६० मिनेट केयर सर्भिस, एक्सचेन्ज अफरलगायत बिभिन्न स्थानमा आउटलेट खोलेको सिटीभि मोबाइलले यसअघि नै चाबहिलको केएल टावरमा सिटिभी लिंक इलेक्ट्रोनिक्स, न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा सिटी टप भिजन तथा सिटिभी केयरको नाममा आउटलेट खोलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment