Comments Add Comment

एमाओवादीसँग वार्ता गर्न आवश्यक नभएको पौडेलको भनाइ

Ramchandara८ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपभासपति रामचन्द्र पौडेलले अहिले एमाओवादीसँग वार्ता गर्नु आवश्यक नरहेको बताएका छन् ।

संविधानसभा अवरोधपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले अवरोधकाबीच एमाओवादीको मोर्चासँग वार्ता गर्नु आवश्यक नरहेको बताए ।

उनले संविधानसभा नियमावलीको ब्याख्या गर्ने अधिकार संविधानसभा अध्यक्षलाई मात्र भएकाले बहुमतको रक्षा गर्दै सभाध्यक्षले प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

उनले संविधानसभाको हत्या गर्न पाइदैन, २०४७ सालको संविधान ल्याउन पाइदैन भनेर नारा लगाउनुमा गम्भिर षडयन्त्र लुकेको बताए । पौडेलले भने-संविधानसभाको हत्या गर्न पाइदैन भनेर नारा लगाउनुमा गम्भिर षडयन्त्र लुकेको छ ।

उनले संविधानसभाको हत्या गर्ने र ०४७ को संविधान व्युँताउने खेलमा एमाओवादी मोर्चानै लागेको आशंका गरे । पौडेलले दुई तिहाई भन्दा बढि संख्यामा सभासदहरुले हस्ताक्षर बुझाइसकेको अवस्था भउकाले सभाध्यक्षले प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment