Comments Add Comment

भट्टराईले भने-संविधान दिन सकेनौं,जनतासँग माफी मागौं

८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले निर्धारित समयसिमा भित्रै संविधान दिन नसकेकोमा जनतासँग विनम्रतापूर्वक माफी माग्नुपर्ने बताएका छन् । राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले क्षमायाचना माग्दै सबै दलले संयुक्त वक्तव्य जारी गर्नुपर्ने पनि बताए ।

फाइल फोटो ।
फाइल फोटो ।

‘पानीमुनिको ओभानो कोही बन्न खोज्नु हुँदैन, माघ ८ मा संविधान जारी गर्न नसक्नुमा हामी सबै दल दोषि छौं, त्यसको जिम्मा मेरो पार्टीले लिन्छ र अरु सबै दलले पनि लिनुपर्छ,’ संविधानसभा भवनबाट बाहिर पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने ।

उनले सबै दललाई एकै ठाउँमा राखेर संयुक्त वक्तव्य जारी गर्ने वातावरण संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बनाउनुपर्ने बताए ।

संविधानसभामा भिडन्त हुने स्थिति आउनु दुःखद भएको भन्दै भट्टराईले आरोप प्रत्यारोप गर्नुभन्दा दलहरुबीच संवाद र छलफल हुनुपर्नेमा जोड दिए ।

सत्तापक्षले संविधान जारी गर्न खोजेको र एमाओवादी तथा मधेसवादी दलले अवरोध गरेको भनेर भ्रम फैलाइएको उनले बताए । भट्टराईले संविधान जारी हुन नसक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको भन्दै हालसम्म गर्न बाँकी काम र संविधान जारी गर्न सकिने समयसीमा जनतालाई जानकारी गराउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment