Comments Add Comment

एमालेले माग्यो नेता-कार्यकर्ताको सुरक्षा

८ माघ, काठमाडौं । नेकपा एमालेले सप्तरी जिल्लाका आफ्नो नेता कार्यकर्ता तथा पार्टी कार्यालय एमाओवादी तथा मधेशी मोर्चाबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेको छ ।

CPN_UML_officeएमाले महासचिव इश्वर पोखरेलले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै सप्तरी जिल्ला कार्यालयमा एमाओवादी मोर्चाले आगजनी गरेको र स्थानीय नेतामाथि कुटपिट गरिएको आरोप लगाएका छन् ।

‘सप्तरी जिल्ला कमिटीको कार्यालयमा सुनियोजित रूपमा गरिएको आगजनी, जिल्लाका विभिन्न नेताहरूलाई निरन्तर दिइएको धम्की र पार्टी कार्यकर्ताहरूमाथि भएको साङ्घातिक आक्रमणको घटनाबाट सिङ्गो पार्टी गम्भीर भएको छ,’ महासचिव पोखरेलले भनेका छन् ।

माघ ६ गते एमाओवादी-मधेसी मोर्चाद्वारा आह्वान गरिएको ‘नेपाल बन्द’ को दिन राजविराज- ५, मदननगरमा अवस्थित एमालेको जिल्ला कार्यालयमा आगजनी गरिएको थियो ।

आगजनीको बिरोधमा बुधवार आयोजित विरोधसभा सकेर घर फर्किने क्रममा एमालेका जिल्ला नेता तथा दलित समुदायका अगुवा शुभकलाल राममाथि सांघातिक आक्रमण गरि गम्भिर घाइते बनाएको एमालेले जनाएको छ ।

महासचिव पोखरेलले भनेका छन्-‘यसअघि एमाओवादी-मधेसी मोर्चामा आवद्ध केही दलहरूले हाम्रो पार्टी स्थायी कमिटी सदस्य एवं सभासद कमरेड सत्यनारायण मण्डललाई जिल्ला प्रवेश गर्न ‘निषेध’ गरिएको कथित घोषणा गरेका थिए । माघ ६ गते बिहान केही नकाबधारीहरू पार्टी नेता कमरेड सुमन प्याकुरेलको घरमा पुगी घर ध्वस्त पार्ने धम्की दिएर फर्केका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment