Comments Add Comment

फेवातालमा डुबेका युवकको सकुशल उद्धार

८ माघ, पोखरा । पोखराको फेवातालमा डुबेका एक युवकलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । फेवातालमा विहीबार डुंगाबाट खसेका काठमाडौं नक्सालका २५ वर्षीय संजय गुरुङलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

अचानक डुङ्गा पल्टिएर तालमा खसेको दृश्य फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले देख्नासाथ तत्काल मोटरबोटको सहायताले त्यसठाउँमा पुगी जिवितै उद्धार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

फेवाताल घुम्ने क्रममा डुङ्गा पल्टिएर गुरुङ तालमा खसेको दृश्य रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले बाइनाकुलरको मद्दतबाट देखेको थियो ।

फेवातालमा आकस्मिक रुपमा कुनै पनि बेला यस्ता दुर्घटना भएमा तत्काल पीडित नागरिकको उद्धार गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धार सामाग्रीसहित नियमित रुपमा खटिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment