Comments Add Comment

संविधानसभाको औचित्य नभएको पुष्टीः वैद्य

Mohan baidhya Kiran८ माघ, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाको औचित्य नभएको पुष्टी भएको बताएका छन् ।

माघ ८ गते सम्म संविधान जारी गर्ने प्रतिवद्धता जनाएर पनि अहिलेसम्मको घटनाले संविधानसभाको औचित्य नरहेको पुष्टी भएको वैद्यको दावी छ ।

वैद्यले बिहीबार विज्ञप्ति जारी गरी अबिलम्ब संविधानसभा-२ विघटन गरी राष्ट्रिय सहमतिको लागि अधिकारसम्पन्न सर्वपक्षीय राजनीतिक सभाको आयोजना गर्न माग गरेका छन् ।

माघ ८ गते जनपक्षीय संविधान नआउने दावी गर्दै संविधान जलाउने भनी तय गरेको कार्यक्रमको आवश्यकता नपरेको भन्दै वैद्यले छिट्टै नै थप संघर्षको कार्यक्रम तय गरिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment