Comments Add Comment

माओवादीहरु सफल भए : केपी ओली

Kp-oli Talking with Press

८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ मा संविधान जारी हुन नदिन माओवादीहरु सफल भएको बताएका छन् ।

बिहीबारको बैठक पनि विपक्षी दलहरुले अवरुद्ध पारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने-‘हामीले भिडन्त चाहेनौं, त्यसकारण संविधान ल्याउन सकेनौं ।’ उनले अघि भने-‘संविधान बन्न नदिने उद्देश्यमा एक वर्ष सफल हुनुभो । यो उहाँहरुको ठूलो सफलता भो ।’

संविधान जारी हुन नदिन अन्तिममा खुर्सानीको पोको लिएर आउने कामसमेत भएको ओलीले बताए ।

अब कहिले संविधान बन्छ भन्ने प्रश्नमा उनाले भने-‘अब संविधानसभाको अवधि तीन वर्ष हो । त्यहाँसम्म पुग्दैन । त्यसअघि अघि नै जारी हुन्छ ।’

संविधानसभाबाट विघटन गर्नुपर्छ भन्नेहरुसँग मिलेर हिँड्नुले पनि माओवादीले संविधान बनाउन नचाहेको प्रष्ट भएको ओलीको भनाइ थियो । उनले भने-‘एमओवादी वार्ताका टेबलमा, संविधानसभाभित्र र बाहिर पनि सहमति बन्न नदिने प्रयासमा केन्द्रीत रहेको देखिन्छ ।’

माओवादीलाई शिक्षा दिन पनि नसकेको र राम्ररी परिजित गर्न पनि नसकेकाले यो अवस्था आएको भन्दै ओलीले भने-तर, एउटा ढुक्क भएपछि यो संविधानसभाबाट संविधान जारी हुन्छ, यो मेरो बचन भयो ।’

कहिले अवरोध हट्छ भन्ने प्रश्नमा उनले भने-‘माओवादीको विगण्डा गर्ने सामथ्र्यको सीमा हुन्छ । अहिले व्यवधान चलाउनेमा पुगेका छन् । पर्खनुस् हेर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment