Comments Add Comment

संविधानसभा भवनमा डेढ सय कमाण्डो थपिए

९ माघ, काठमाडौं । एमाओवादी मोर्चाआवद्ध दलहरुले संविधानसभालाई ब्यारेक बनाइएको आरोप लगाइरहेकै बेला संविधानसभा भवनमा कमाण्डो तालिम प्राप्त सुरक्षाकर्मी थपिएको छ ।

CA-MEETING-Magh-8
फाइल तस्वीर

संविधानसभा भवनभित्र र बाहिरको सुरक्षा संवेदनशीलताका कारण प्रहरी प्रधान कार्यालयले कमाण्डो खटाएको हो ।

संविधानसभा सचिवालय र गृहमन्त्रालयको समन्वयमा प्रधान कार्यालयले शुक्रबार बिहान थप डेढ सय प्रहरी खटाइएको स्रोतले जनाएको छ ।

‘विहान ३ ट्रक कमाण्डो तालिम प्राप्त प्रहरीलाई मर्यादापालकका रुपमा संविधानसभामा पठाइएको छ’ स्रोतले भन्यो ‘संविधानसभा भवनभित्र र बाहिर कुनै अप्रिय घटना हुन नदिन पूर्वसावधानी अपनाइएको हो ।’

माघ ५ गते मर्यादापालकको संख्या अपुग हुँदा संविधानसभा भवनभित्र बैठक सकिएपछि एमाओवादी सभासदहरुले एकोहोरो तोडफोड गरी लाखौंको क्षति पुर्‍याएका थिए ।

त्यसयता मर्यादापालकको संख्या तेब्बर पारिएको छ । संविधानसभा प्रवेशद्वारदेखि नै सुरक्षाजाँच पनि कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment