Comments Add Comment

कालिकोटमा असईको मृत्यु

९ माघ, कालिकोट । कालिकोटको हाउडी प्रहरी चौकीका इन्चार्ज असई धनबहादुर भण्डारीको गत राती मृत्यु भएको छ ।

बैतडी रिम गाविस २ घर भएका भण्डारी गस्तीबाट प्रहरी चौकीमा फर्किदै गर्दा बेहोस भएका थिए । उनलाई उपचारका लागि सदरमुकाममा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कर्णबहादुर चन्दले बताए ।

जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम गरी आफन्तलाई शव जिम्मा लगाइने छ । मृत्युको कारण खुलेको छैन ।
– रमेश रावलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment