Comments Add Comment

संविधान नबनेको भन्दै आत्महत्या !

९ माघ, झापा । तोकिएको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै झापा गोलधाप गाविस १ का ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले शुक्रबार बिहान झुन्डिएर आत्महत्या गरेका छन् ।

कांग्रेस र एमालेले जसरी पनि माघ ८ मा जसरी पनि संविधान जारी गर्छन् भन्दै उनले छिमेकीहरुसँग बाजी राखेका थिए । बाजी हारेपछि विरक्तिएर उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयको दाबी छ ।

तर, प्रहरी चौकी गोलधापका इञ्चार्ज केदार कार्कीले अनलाइनखबरसँग कुरा गर्दै यसबारे आफूलाई जानकारी नभएको बताए । ‘मृत्युको कारण खुलेको छैन, पोष्टमार्टम रिपोर्ट नआइ केही भन्न सकिँदैन,’ कार्कीले भने ।

उप्रेतीले घटनास्थलमा ‘सुसाइड नोट’ पनि फेला नपरेको जानकारी दिए ।

उप्रेतीको शव घर नजिकैको छतिवनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी नायिका युना उप्रेतीका बुवा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment