Comments Add Comment

लागुऔषध गाँजासहित चार पक्राउ

१० माघ, लहान । लागुऔषध गाँजासहित प्रहरीले गए राति सिराहाको अयोध्यानगर–४ बाट चार जनालाई पक्राउ गरेको छ ।

घरमा लुकाइराखेको अवस्थामा एक सय किलो गाँजासहित सिरहा आयोध्यानगर–४ का राजकुमार यादव, औरही–५ का दिनेश साह, अयोध्यानगर–६ का देवनारायण कामत र धनगढी–७ का रामबहादुर दासलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा राजकुमारले घरमा लुकाएको अवस्थामा उक्त गाँजासहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment