Comments Add Comment

वाग्मती सफाइका क्रममा अाज ४० मट्रिकटन फोहर व्यवस्थापन

१० माघ, काठमाडौँ । कुलेश्वरस्थित वाग्मती नदी तथा फलफूल मण्डी बजार आसपास क्षेत्रमा आज करिब ४० मेटन फोहर व्यवस्थापन गरियो ।

मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा गत वर्ष जेठ ४ गतेदेखि जारी वाग्मती सफाइ महाअभियानको ८९ औँ शृङ्खलाअन्तर्गत आज निजामती सेवाका कर्मचारी एवं काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो । सो अवसरमा मुख्य सचिव पौड्यालले अभियानले गर्दा नदीमा फोहर फाल्ने काम अहिले विगतमा भन्दा केही कम भइरहेको र अब यसलाई स्वच्छ तथा सफा राख्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

स्थानीय समाजसेवी ईश्वरचन्द्र गौतमले विगतमा विभिन्न बहानामा सो नदी आसपासका किनारमा मानवबस्ती विकास भई नदी अतिक्रमण भई समस्या बढ्दै गएकाले सो बस्तीको विकल्प खोज्नुपर्ने सुझाव दिए । महानगरपालिका फोहर व्यवस्थापन महाशाखाका इन्जिनियर रवीनमान श्रेष्ठले त्यस क्षेत्रमा रहेको पुरानो फोहर व्यवस्थापन गर्न जटिल भए पनि एक्साटाभेटरलगायत विभिन्न उपकरणको प्रयोग तथा विभिन्न क्षेत्रबाट भएको सहयोगले अहिले सफा र व्यवस्थित बन्दै गएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment